गुल्मीमा भाउजूको हत्या गर्ने देवर पक्राउ परेका छन्। मालिका गाउँपालिका–२ खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्री रहेका छन्।

खत्रीले मादक पदार्थ सेवन गरी आफ्नै भाउजू ४२ वर्षीया लिला खत्रीलाई कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी भाउजूको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको हो।

कुटपिट गर्ने बलबहादुर खत्री र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।