चैत्र २१, काठमाडौं- नेपालका लागि भारतीय राजदूत रहेका बिनय मोहन क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो । अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।