नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको मतगणना जारी छ। उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना सुरु हुने भएको छ। त्यस्तै, दिउँसो १२ बजेदेखि सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना सुरु हुने समितिले जनाएको छ।

यी पदको मतगणना पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ।

समितिका अनुसार सहमहामन्त्री पदका उम्मेदवारले दुई जना प्रतिनिधि राख्न पाउनेछन्। तर, केन्द्रीय सदस्य पदका उम्मेदवारले भने प्रतिनिधि राख्न पाउने छैनन्।