बूढीगण्डकी नदीमा गएको बाढीका कारण मनास्लु सर्किट गएका पर्यटक अलपत्र परेका छन्।
बाढीले विभिन्न ठाउँका मोटरेबल तथा झोलुङ्गे पुल बगाए र सडक अवरुद्ध भएपछि पर्यटकहरू बाटोमै रोकिएका हुन्।
आइतबार बिहान बूढीगण्डकीमा बाढी आउँदा गोरखा र धादिङको नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएको छ।
बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
बाढीले चुमनुब्री गाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ भने जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ।

प्रतिक्रिया