आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालका रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि रोहितले ७५ बलमा ५० रन बनाएका हुन्।
उनको इनिङ्समा चार चौका र एक छक्का सामेल छ। रोहितले संयमित ब्याटिङ गर्दै नेपालको इनिङ्सलाई अघि बढाएका छन्।

प्रतिक्रिया