नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी समाचारलाई प्रोत्साहन गर्ने उद्देश्यले रु १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ।

शाखाका सचिव नारायण रिजालका अनुसार कोषबाट प्राप्त हुने ब्याजबाट बागलुङलाई कार्यक्षेत्र बनाई खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई रु ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने छ।

शाखाले कोष वृद्धि अभियानलाई निरन्तरता दिँदै पत्रकारको पेसागत हकहित र क्षमता अभिवृद्धिमा सक्दो सहयोग गर्ने बताएको छ।