नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार दिउँसो १ बजेदेखि मतदान हुँदैछ।
निर्वाचनको लागि मतदान पार्टीको ज्येष्ठ मतदाताबाट सुरु गरिने भएको छ।
ज्येष्ठ मतदाताबाट मतदान सुरु गरिने सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
यसअघि बिहान १० बजेदेखि मतदान सुरु हुने भनिए पनि तयारी नपुगेको भन्दै मतदानको समय १ बजेको लागि सारिएको थियो।
सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्दैछन्।

प्रतिक्रिया