काठमाण्डाै – भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । 

तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे । 

भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा घाइते भएका एक जनाकाे उपचार भइरहेकाे छ ।

भारतीय वायु सेनाका अनुसार याे एमआई-१७बी ५ हेलिकप्टर थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । 

रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसाे नै बिपिन रावतकाे घर पुगेर उहाँकाे परिवारसँग भेट गर्नुभएकाे थियाे । त्यसपछि सेनाध्यक्ष मनाेज मुकुन्द नरवणे पनि बिपिन रावतकाे घु पुग्नुभएकाे थियाे । 

जनरल रावत सन् २०२० काे जनवरी १ मा देशकाे पहिलाे चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएकाे थियाे । 

याे हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ । 

जनरल रावत यसअघि भारतीय सेनाकाे प्रमुख भइसक्नुभएकाे थियाे । उहाँ सन् २०१६ डिसेम्बर ३१ तारिखदेखि २०१७ जनवरीसम्म भारतका २६ औँ सेना प्रमुख रहनुभएकाे थियाे । 

जनरल रावतकाे जन्म सन् १९५८ मार्च १६ मा उत्तराखन्डकाे पाैडी जिल्लामा एक सैन्य परिवारमा भएकाे थियाे । उहाँकाे बुबा सेनामा लेफ्टिनेन्ट जनरल हुनुहुन्थ्याे । 

भारतीय सेनाकाे वेबसाइटमा दिइएकाे जानकारीअनुसार जनरल रावत सन् १९७८ मा सेनामा भर्ना हुनुभएकाे थियाे ।