पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व पुस्तान्तरण र पार्टी कार्यक्रमलाई समयानुकूल अध्यावधिक गर्ने प्रयास सकारात्मक रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। भट्टराईले संविधानका आधारभूत तत्वहरूको रक्षा गर्दै मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक प्रणालीमा सुधार आवश्यक रहेको बताए। उनले त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक व्यवस्थापिकातर्फ जानुपर्ने भनाइ राखे।
उनले राजनीतिक स्थिरताबिना मुलुकको तीव्र आर्थिक विकास सम्भव नहुने भन्दै देशको आर्थिक विकासका लागि सबै राजनीतिक दलबीच सहमति कायम गर्न आग्रह गरे।
‘संविधानका आधारभूत तत्वहरूको रक्षा गर्दै राजनीतिक स्थीरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली तथा पूर्ण समानुपातिक व्यवस्थापिकामा जान र देशको तीव्र आर्थिक विकासको कार्यक्रममा सहमति कायम गर्न सबै दलहरूलाई आग्रह,’ सामाजिक सञ्जालमार्फत उनले भने।

प्रतिक्रिया