नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन समितिले आइतबार विस्तृत कार्यतालिका प्रकाशित गर्दै आगामी असोज २२ गते तीनवटा मतदान केन्द्रमार्फत मतदान गर्ने तालिका तय गरेको हो।
कार्यतालिकाअनुसार सोमबार असोज १९ गते मतदाता नामावली प्रकाशन तथा दाबी-विरोधको प्रक्रिया पूरा गरिनेछ। मंगलबार असोज २० गते बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ।
त्यसैगरी, बुधबार(असोज २१ गते बिहान १०:०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन उम्मेदवारहरूलाई प्रचार-प्रसारका लागि दिनभरको समय उपलब्ध गराइनेछ।
तीन ठाउँमा मतदान, यस्तो छ प्रदेशगत विभाजन
मतदान असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५:०० बजेसम्म हुनेछ। मतदानलाई व्यवस्थित बनाउन निर्वाचन समितिले काठमाडौंका तीन फरक स्थानमा प्रदेशअनुसार मतदान केन्द्र निर्धारण गरेको छ।
मतदान केन्द्र ‘क’ (राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग) : बागमती प्रदेश
मतदान केन्द्र ‘ख’ (खुलामञ्च, मुख्य कार्यक्रम स्थल) : कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा भ्रातृ, शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समिति
मतदान केन्द्र ‘ग’ (प्रज्ञा भवन, कमलादी) : गण्डकी प्रदेश र लुम्बिनी प्रदेश
मतदान सम्पन्न भएलगत्तै मतगणना कार्य सुरु गरिने र गणना समाप्त हुनासाथ अन्तिम निर्वाचन परिणाम घोषणा गरिने समितिले जनाएको छ।
यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका :
मतदाता नामावली प्रकाशन : २०८३ असोज १९ गते (बेलुका ५:०० बजे)
मतदाता नामावलीमाथि दाबी-विरोध : असोज १९ गते (बेलुका ५:०० – ६:३० बजेसम्म)
दाबी-विरोधउपर जाँचबुझ : असोज १९ गते (बेलुका ६:३० – ७:३० बजेसम्म)
मतदाताको अन्तिम नामावली प्रकाशन : असोज १९ गते (बेलुका ८:३० बजे)
उम्मेदवारी मनोनयनपत्र दर्ता : २०८३ असोज २० गते (बिहान १०:०० – दिउँसो ३:०० बजेसम्म)
उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन : असोज २० गते (दिउँसो ४:३० बजे)
उम्मेदवारको दरखास्तमा दाबी-विरोध : असोज २० गते (दिउँसो ४:३० – ५:३० बजेसम्म)
दाबी-विरोधउपर जाँचबुझ : असोज २० गते (बेलुका ५:३० – ६:३० बजेसम्म)
उम्मेदवारको दोस्रो नामावली प्रकाशन : असोज २० गते (बेलुका ७:०० बजे)
उम्मेदवारी फिर्ता तथा सच्याउने समय : २०८३ असोज २१ गते (बिहान ९:०० बजेसम्म)
उम्मेदवारको अन्तिम नामावली प्रकाशन : असोज २१ गते (बिहान १०:०० बजे)
प्रचार-प्रसारको समय : असोज २१ गते (दिनभर)
मतदान : २०८३ असोज २२ गते (बिहान ७:३० – साँझ ५:०० बजेसम्म)
मतगणना र परिणाम : मतदान समाप्त भएलगत्तै

प्रतिक्रिया