फ्राइडे रिलिजको अवसरमा आजदेखि ‘चमेलीको पोइ’ र ‘चंगुल’ यी दुई नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएको छ।
यी दुुवै चलचित्र फरक जनरामा निर्माण भएका छन्। एकातिर पारिवारिक सम्बन्ध, प्रेम र हास्यलाई केन्द्रमा राखेको ‘चमेलीको पोइ’ छ भने अर्कोतिर सामाजिक परिवर्तन र समसामयिक घटनाक्रमसँग जोडिएको ‘चंगुल’ छ।
राम गौतमको निर्देशनमा निर्माण भएको चलचित्र ‘चंगुल’ गत वर्षको जेन जी आन्दोलन तथा राजनीतीलाई आफ्नो विषय बनाएका छन्। भने यसमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ।
बुधबार यसको प्रिमियरमा चलचित्रबाट प्राप्त नाफाको केही हिस्सा घाइते जेन जीलाई सहयोग गर्ने तथा बाढी प्रभावितका लागि समेत छुट्याउने घोषणा निर्माण पक्षले गरेका छन्।
अर्को तर्फ सुरक्षा पन्तको मुख्य भूमिका रहेको कमेडि जनरामा निर्माण भएको चलचित्र ‘चमेलीको पोइ’ मा एभरेष्ट सूर्य बोहराको निर्देशनमा रहेको छ। यसमा सुरक्षा, त्रिपाठीको अलवा मुकुन भुसाल,सुरक्षा पन्त, विल्सन बिक्रम राई, उमेश राई, रबिन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनिता सापकोटा, बिशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्रको अर्को आकर्षणका रूपमा हास्य कलाकार नारायण त्रिपाठीको पुनरागमनलाई लिइएको छ।

प्रतिक्रिया