नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. (पद्म ज्योति ग्रुप) ले चाडपर्वलाई लक्षित गर्दै ‘यो दशैं, आशाको सुरुवात’ नामक विशेष ग्राहक योजना सार्वजनिक गरेको छ।
बडादशैं, तिहार तथा छठ पर्वको अवसरमा ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन्।
यस योजनाको प्रमुख आकर्षण ‘सहयोगको संकल्प’ रहेको छ। कम्पनीले ‘होण्डा छ साथ साथ’ अफरमार्फत हरेक हप्ता सातवटै प्रदेशबाट एक-एक जना गरी सात जना भाग्यशाली विजेता छनोट गर्नेछ। उनीहरूले १ लाख रुपैयाँसम्मको नगद उपहार पाउनेछन्।
विजेता ग्राहकले पुरस्कार प्राप्त गर्दा होण्डा नेपालले पनि विजेताले जितेको सोही रकम बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिनेछ। यसबाट ग्राहकले उपहार जित्नुका साथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष हातेमालो गर्न पाउने कम्पनीले जनाएको छ।
यसका साथै ग्राहकको आवश्यकताअनुसार कम्पनीले अतिरिक्त सुविधासमेत उपलब्ध गराएको छ। ग्राहकले तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्- जसमा १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कुपन, ७ वर्षका लागि निःशुल्क सर्भिसिङ वा ५ वर्षको वार्षिक मर्मत सम्झौता (एएमसी) रहेका छन्।
नयाँ सवारी खरिदलाई आर्थिक रूपमा सहज बनाउन फाइनान्स पार्टनर स्याकार हायर पर्चेज प्रा. लि.मार्फत सरल किस्ताबन्दी (फाइनान्सिङ) को व्यवस्था मिलाइएको छ।
चाडपर्वको खुसीसँगै सामाजिक उत्तरदायित्व बहन गर्न यो योजना ल्याइएको कम्पनीले जनाएको छ। योजनासम्बन्धी विस्तृत जानकारीका लागि ग्राहकले नजिकैको होण्डा सोरुम, आधिकारिक वेबसाइट वा टोल-फ्री नम्बरहरू १६६००१४६६३२ तथा ९८०१५७११११ मा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया