अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६ हजार अमेरिकी डलर प्रदान गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाललाई आज उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।
तीनवटा प्रवासी संस्थाले प्रदान गरेका उक्त रकममध्ये एन एच नेपाली समाजबाट एक लाख २० हजार, अमेरिका नेपाल हेल्पिङ सोसाइटीबाट ९३ हजार र गुरुङ सोसाइटीबाट १३ हजार अमेरिकी डलर प्राप्त भएको हो।
मन्त्री खनालले मातृभूमिमा परेको विपत्तिका बेला सहयोग गरेकामा तीन वटै संस्थाप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया