नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेतृत्व एउटै मञ्चमा देखिने भएका छन्।
आगामी असोज १६ गते हुने उद्घाटन समारोहका लागि कांग्रेसले प्रमुख दलका शीर्ष नेताहरूलाई औपचारिक आमन्त्रण गरेको हो।
सहमहामन्त्री उदयशमशेर राणाले शुक्रबार नेताहरूलाई भेटेरै निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्।
उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निम्तो दिइएको हो।

प्रतिक्रिया