काठमाडौंको नयाँ बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात भएको छ। मंगलबार ड्युटीमा खटिएको महिला ट्राफिकमाथि हातपात भएको हो।
प्रहरीले ट्राफिकमाथि आक्रमण गर्ने पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला घर भएका २७ वर्षीय राज कठायत रहेका छन्।
सडक सचेतना जगाँउन बसेकी ट्राफिकले बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न भनकी थिइन्। सो क्रममा कठायतले ट्राफिकमाथि उल्टै हातपात गरेका हुन्।
उनीमाथि हातपात भएपछि छुट्याउन आएका अन्य दुई जना ट्राफिक प्रहरी माथि पनि उनले हातपात गरेका थिए।
प्रहरीले कठायतलाई तत्काल पक्राउ गरेको थियो। उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया