उच्च ज्वरोका कारण अस्वस्थ बनेका पूर्वाधार विकास मन्त्री सुनील लम्सालको पिसाबमा संक्रमण (युरिन इन्फेक्सन) पुष्टि भएको छ।
छाउनी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई एन्टिबायोटिक औषधिको सेवनसहित कम्तीमा पाँच दिन पूर्ण रूपमा आराम गर्न सुझाव दिएका छन्।
मन्त्री लम्सालमा उच्च ज्वरोसँगै शरीर अत्यधिक दुख्ने र हिँडडुल गर्नसमेत समस्या देखिएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि उनी हाल चिकित्सकहरूको प्रत्यक्ष निगरानी र सल्लाहअनुसार आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन्।
यसअघि स्वास्थ्य अवस्था गम्भीर बनेपछि मन्त्री लम्साल सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको पूर्वनिर्धारित भ्रमण कार्यक्रम स्थगित गरी आइतबार राति काठमाडौं फर्किएका थिए। लगत्तै उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनी अस्पताल लगिएको थियो।

प्रतिक्रिया