राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बागमती र लुम्बिनी प्रदेशमा हुने मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बन्धित संसदीय दलको नेतालाई प्रदेशहरुमा सरकार निर्माण सम्बन्धि विषयमा अर्को निर्णय नभएसम्म तटस्थ रहन निर्देशन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘राप्रपाले प्रदेश सरकारमा आज विश्वासको मत लिदै गरेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ। यस सम्बन्धमा प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ।’
साेमबार बागमतीमा कांग्रेसका इन्द्र बानियाँ र लुम्बिनीमा एमालेका चेतनारायण आचार्यले विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया