जाजरकोटको भेरी नगरपालिका-२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढी नागरिकको नेपाली सेनाले उद्धार गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पहिरोमा परी ज्यान गुमाएका चार जनाको शव निकालिएको छ भने घाइते भएका आठ जनालाई उद्धार गरी उपचारका लागि पठाइएको छ।

पहिरोपीडितहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको भवानीदल गणबाट विशेष टोली परिचालन गरिएको थियो।

सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सक्रिय सहकार्यमा प्रभावितहरूलाई उद्धार गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरेको निर्देशनालयले जनाएको छ।