नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविक खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ। मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने भएको छ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
यो निर्णय भदौ १ गते बिहान ००:०१ बजेदेखि लागू हुनेछ।
विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र उतारचढाव आएकाले स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आए पनि उपभोक्ता हितलाई ध्यानमा राखी मूल्य नबढाइएको र यसबाट निगमले ठूलो वित्तीय घाटा व्यहोर्नुपरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया