मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार राति साढे १० बजे उनकै घरबाट पक्राउ गरेको हो।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए।
उक्त पत्रकार सम्मेलनमा उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए। प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीको आरोप छ।

प्रतिक्रिया