नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाएर तिनैसँग वार्ता गरेर सम्झौता गरेको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले वार्तापछि हिंसाको दोष अरूमाथि थोपरेको भनाइ राखे।

‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चै अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त?’ उनले लेखेका छन्।