नेपालका शेखर थापाले ११औं एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगोलियाको उलनबटारमा अगस्ट ३ देखि ९ तारिखसम्म ११औं एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा हुँदै छ । जहाँ नेपालका एक मात्र चुनौती प्रस्तुत हुने नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए । शेखरले दुई स्पर्धामा खेल्दै छन् । उनले पुरुष ६५–७० केजी तौलसमूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेस गर्ने कार्कीले जानकारी दिए । महासंघका अध्यक्ष कार्की आफैँ पनि उक्त च्याम्पियनसिपमा अम्पायरको रूपमा सहभागी हुँदै छन् । साथै उनी एसिया आइटिएफको कंगे्रसमा पनि सहभागी हुने भएका छन् ।
अध्यक्ष कार्कीको नेतृत्वमा रहेको तीन सदस्यीय नेपाली टोली आइतबार प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्समा पनि सहभागिता जनाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच अध्यक्ष कार्की र खेलाडी शेखरलाई बिदाइ गरेका थिए । संघका महासचिव घमबहादुर थापा सहभागी हुनेछन् ।

प्रतिक्रिया