सुमन थापा

वैशाख, १९- काठमाडौँ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिनु भएको राजीनामा स्वीकृत भएको छ । पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा पेश गर्नु भएको राजिनामा माननीय प्रदेश प्रमुख धर्मनाथ यादव ले संबिधानको धार १६९(१) क अनुसार २०७८ बैशाख १९ गतेका दिन स्वीकृत गर्नु भएको छ ।

लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले मुख्यमन्त्री पोखरेलले राजीनामा स्वीकृत भएको सुचना जारी गरेका छन ।
विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बन्नु भएको थियो । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।