काठमाडौ-१७ बैशाख, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको पेटको अपरेसन गरिएको छ । वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको अपरेसन गरिएको हो ।

“पेटको न्यूरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा !,” भट्टराईकी एक मात्र सन्तान मानुसी यमी भट्टराईले ट्विटरमा लेखेकी छन्, “शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली र अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना”

केही समयअघि यही न्युरो–इन्डोक्राइन ट्युमरको परीक्षणका लागि भट्टराई भारत गएका थिए ।