सुमन थापा
दोलखा-१६ बैशाख, सुचना तथा संचार मन्त्री पार्वत गुरुङले ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुभारम्भ गर्नुभएको छ ।
माथिल्लो तापाकोशी जलविद्युतको काम अन्तिम चरणमा पुगेको बेला मन्त्री गुरुङले आज ड्याममा पानी खसालेर ड्यामको शुभराम्भ गर्नु भएको हो । नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण भएको बताउदै केही दिन भित्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन गर्ने जानकारी दिएका छन ।
साथै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउने तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मार्ग निर्देशन, माननीय उर्जामन्त्री टोपबहादुर रायमाझीज्यूको कुशल नेतृत्व तथा आयोजना निर्माणमा संलग्न सबैको अथक मेहनतप्रति मन्त्री गुरुङले हार्दिक आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया