सुमन थापा
काठमाडौ -१२ बैशाख, नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे देखि काङ्ग्रेस पदाधिकारी बैठक सुरु भएको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्ण बहादुर खड्का, शाशंक कोइराला, सितादेवी यादव, बालकृष्ण खाड, मिनेन्द्र रिजाल, प्रकाशमान श्रेष्ठ, बिजयकुमार गच्छदार, कृष्ण प्रसाद सिटौला, बिमलेन्द्र निधी, रामशरण महत्त सुनिलबहादुर थापा लगायत को उपस्थित रहेका छन ।
बैठकमा भोलि बैशाख १३ गते बस्ने पार्टीको केन्द्रिय समिति बैठकको एजेन्डा, राष्ट्रिय सभाको निर्वाचन र आगमी काङ्ग्रेसको माहाधिबेसनको बिषयमा छलफल हुने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया