.jpg)
काठमाडौंको माइतीघरमा टीयु– आइओएम अन्तर्गत एमबीबीएस तथा बीडिएस अध्ययनरत विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग राख्दै प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले लामो समयदेखि लागू हुँदै आएको शैक्षिक प्रणालीले आफूहरूलाई अतिरिक्त मानसिक दबाब र शैक्षिक अन्यायमा पारेको भन्दै सुधारको माग गरेका हुन्। उनीहरूले विशेष गरी १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘ब्याच ड्रप (Batch Drop) प्रणाली’ खारेज गर्न, Objective र Subjective दुवै प्रकारका प्रश्न समावेश गर्न तथा परीक्षाको तालिका व्यावहारिक बनाउँदै पर्याप्त तयारी समय सुनिश्चित गर्न माग गरेका छन्।

त्यस्तै, पहिलो वर्षमा ८ पटक र दोस्रो वर्षमा ६ पटकसम्म परीक्षा दिने अवसर सुनिश्चित गर्न Attempts को संख्या वृद्धि गर्नुपर्ने माग पनि उनीहरूको छ।
विद्यार्थीहरूले हालको प्रणालीले मानसिक स्वास्थ्य, समय र भविष्यमा असर पारेको भन्दै विद्यार्थीमैत्री शैक्षिक सुधार आवश्यक रहेको बताएका छन्।








प्रतिक्रिया