सुमन थापा

बैशाख, १२ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा एमाले महाधिवेशन आयोजक कमिटी (केन्द्रीय कमिटी) को आकस्मिक बैठक अझै सुरु हुन सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा साढे १० बजे बोलाएको बैठक अझै सुरु हुन सकेको छैन । आजको माधव नेपाल पक्षका २७ सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल गरिने एक सदस्यले बताउनु भयो। बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरु अनुपस्थित रहेका छ्न ।

स्पष्टीकरण सोधिएका अधिकांशले आफ्नो जवाफ पेस गरिसकेका छन्। स्पष्टीकरणको कारबाही रोक्न माग गर्दै दायर रिटमा समेत आजै सर्वोच्चमा सुनुवाइ हुँदैछ। कारबाहीबारे न्यायिक परीक्षण हुनुभन्दा केही समयअघि ओलीले बैठक बस्न लागेको हो ।