सुमन थापा

बैशाख -९,काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता सुरु भएको छ ।

एमाले पार्टी भित्र देखिएको विवाद समाधान गरी अगाडी बढ्न वान टु वान वार्ताका लागि ओली र नेपाल केही समय अगाडि मेरियट पुगेको बताइएको छ ।

नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच साढे २ बजेदेखि वार्ता सुरू भएको हो ।

बुधबार साँझ दुवै नेताबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको छ।