(सुमन थाप )
बैशाख ८,काठमाडौ – प्रधानमन्त्री के. पि. शर्मा ओलि र वरिष्ठ नेता माधवकुमार नेपाल बिच भेटघाट भएकोछ ।
नागपोखरीस्थित होटल मेरियट मा प्रधानमन्त्री के.पि. शर्मा ओलि र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच साझ ६ बजे २ घण्टा लामो भेटघाट भएकोछ । पार्टी भित्रको विवाद र विभाजन चरमोत्कर्षमा पुगेका बेला ओली र नेपालबीच भेटघाट हुनुलाइ अर्थपुर्ण रुपमा हेरिएको छ ।

वार्ताका लागि ओलीले नै सक्रियता देखाएको भएपनि बालुवाटारमै वार्ता गर्न नेपालले अस्वीकार गरेपछि वार्ताका लागि नागपोखरीस्थित मेरियट होटल छानिएको थियो ।

मेरियटको वार्तास्थल बाट बाहिरिदै गर्दा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोतिलाल दुगडले वार्ता सकारात्मक भएको बताएका छन्। वान टु वान भएको वार्ताका बारेमा नेता नेपालले भने कुनै प्रतिक्रिया दिन मानेन । वार्ताको ब्यबस्थापन मिलाएका दुगड भने वार्ता अबधीभर होटलमै थिए । हिजो मंगलबार अध्यक्ष ओलीले केन्द्रका २७ सहित ३२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका थिए । नेपाल समूहले कारबाही रोक्न भन्दै आज बुधबार सर्वोच्च अदालतमा रिट निवेदन बुझाएको छ तर रिट दर्ता भने भएको छैन । नेपाल समूहले ओलीले गरेका एकलौटी निर्णयहरु खारेज गर्नुपर्ने र पार्टी माओवादी केन्द्रसँग एकता हुनुपूर्वकै अवस्थाबाट अघि बढ्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया