चितवनको भरतपुर महानगरपालिका–१६, बिजयनगर चोकस्थित भित्री सडक खण्डमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ निवासी ५५ वर्षीय शुकराम चौधरी रहेका छन्।
बिहीबार अपराह्न करिब ४ः१५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नवलपरासी (पूर्व) को गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार चौधरीलाई ठक्कर दिएको थियो।
अहिले पनि दुर्घटना स्थल तनाव ग्रस्तरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। अहिले जनप्रतिनिधि, मृतक पक्ष र र प्रशासनबिचको छलफल जारी रहेको छ।
दुर्घटनाको कारण तथा थप विवरणबारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया