(सुमन)

वैशाख, ८-काठमाडौँ – स्वस्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरेको ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण मध्य २ हजार २ सय २० र ८ सय ३ जनको एन्टिजेन टेष्ट गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७ सय ८६, ललितपुरका १ सय ८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।