.jpg)
नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार सर्वोच्चले आवश्यक परेको समयमा उपस्थित हुने शर्तसहित पाण्डेलाई थुनामुक्त गर्न निर्देशन दिएको हो । न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई छाड्न आदेश दिएको हो। अदालतले उनलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको जनाएको छ ।
पाण्डे गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा उनलाई बुधबार पक्राउ गरिएको थियो।





प्रतिक्रिया