हर्क साम्पाङ राई ले संविधानले सुनिश्चित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् ।
शनिबार हेटौँडा उपमहानगरपालिका–११ को सिमलटारस्थित सुकुम्वासी बस्तीका स्थानीयसँगको छलफलमा श्रम संस्कृति पार्टी का अध्यक्ष राईले संविधानप्रदत्त आवासको हक संरक्षण र सम्मानका विषयमा सरकारप्रतिको अन्योल हटाउन आवश्यक रहेको बताएका हुन् ।
उनले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थित बसोबास सुनिश्चित गरेपछि मात्रै अन्य योजना अघि बढाउन सरकारलाई सुझाव दिए ।
राईले नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै आवासको हक कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया