बर्लिनस्थित नेपाली राजदूतावास ले युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकहरूका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
दूतावासले अर्को सूचना जारी नभएसम्म कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण नगर्न तथा तय गरिएका यात्रा स्थगित गर्न आग्रह गरेको हो ।
रूस–युक्रेन युद्ध का कारण उत्पन्न असुरक्षित परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो सुरक्षित रूपमा नेपाल फर्किन अनुरोध गरेको छ ।
दूतावासका अनुसार युक्रेनमा रहेका नेपालीहरूले कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सक्नेछन् । यसका लागि प्रथम सचिव रञ्जन यादवको मोबाइल नम्बर सार्वजनिक गरिएको छ, जहाँ व्हाट्सएपमार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।
दूतावासले युक्रेनको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाउँदै आवश्यक परे थप सूचना जारी गरिने जनाएको छ ।


प्रतिक्रिया