प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङ्ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनसरी क्षेत्र नम्बर १ का खानेपानी योजनाहरूलाई बजेटमा समावेश गर्न सरकारसँग माग गरेका छन् ।
खानेपानी मन्त्रालयलाई पत्र लेख्दै साम्पाङ्ले नागरिकले भोगिरहेका खानेपानी समस्या समाधानका लागि दीर्घकालीन र आधारभूत योजनाहरू तत्काल अघि बढाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।
साम्पाङ्ले विशेषगरी ‘सप्तकोशी धरान खानेपानी आयोजना’ लाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उक्त आयोजनाबाट धरानका विभिन्न वडा तथा समतल आवासीय र बजार क्षेत्रलाई कम्तीमा ३० वर्षसम्म पर्याप्त हुने गरी दीर्घकालीन खानेपानी आपूर्ति गर्न सकिने उनको भनाइ छ ।
यसैगरी, धरान–२० मा स्रोत व्यवस्थापनमार्फत् खानेपानी उपलब्ध गराउने, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा खानेपानी स्तरोन्नति गर्ने योजनाहरू पनि बजेटमा समावेश गर्नुपर्ने माग गरिएको छ । ती स्थानमा भूमिगत पानी निकालेर ‘ओभरहेड ट्यांकी’ निर्माण गरी व्यवस्थित वितरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।


प्रतिक्रिया