काठमाडौं आश्विन ८ गते उपत्यकामा तय भएका प्रमुख कार्यक्रमहरू:

राजनीतिक र सरकारी कार्यक्रमहरू

  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक: आज बिहान ८:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।
  • नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक: बिहान १०:०० बजे दिपज्योती ब्याङ्‌क्वेट, बौद्ध पिपलबोटमा हुनेछ।
  • नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक: दिउँसो १:०० बजे पार्टी कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ।
  • अन्तरिम सरकारको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गर्दै धर्ना: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेझैँ अन्तरिम सरकारको बैठक प्रत्यक्ष प्रसारणको मागसहित सरिश्मा थापाले बिहान १०:०० बजे माइतीघर मण्डलामा धर्ना दिनेछिन्।

सामाजिक र अन्य कार्यक्रमहरू

Gen – Z को धर्ना: केपी शर्मा ओली, रमेश लेखक र प्रमुख जिल्ला अधिकारी (CDO) माथि कारबाहीको माग गर्दै Gen – Z समूहले हरेक दिनझैँ आज पनि दिउँसो ३:०० बजे माइतीघर मण्डलामा धर्ना दिनेछ।

समाजवादी ट्रेड युनियन महासंघ नेपालको प्रथम विशेष राष्ट्रिय सम्मेलन: बिहान ७:०० बजे ललितपुरमा हुनेछ।

नेपाल पूर्व प्रहरी संगठनको विशेष पत्रकार सम्मेलन: हालको परिस्थितिमा सुरक्षामा देखिएका चुनौतीहरूलाई व्यवस्थापन गर्न संगठनले दिन सक्ने योगदानबारे धारणा राख्न बिहान १०:४५ बजे रिपोर्टर्स क्लब नेपाल, भृकुटी मण्डपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको मातृभाषा साहित्य सिर्जना र विमर्श कार्यक्रम: दिउँसो १२:३० बजे नेपाल प्रज्ञा-प्रतिष्ठान (देवकोटा सभाकक्ष), कमलादीमा हुनेछ।

Gen Z विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया: नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले दिउँसो २:०० बजे ख्वप गार्डेन, दुधपाटी, भक्तपुरमा यो कार्यक्रम आयोजना गर्नेछ।