काठमाडौं आश्विन ७ गते उपत्यकामा हुने महत्वपूर्ण कार्यक्रमहरु:

राजनीतिक तथा सामाजिक कार्यक्रमहरू

  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक:
    • समय: बिहान ८:०० बजे
    • स्थान: पार्टी केन्द्रीय कार्यालय, वनस्थली
  • सरिश्मा थापाको धर्ना कार्यक्रम:
    • माग: अन्तरिम सरकारको बैठक प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने
    • समय: बिहान १०:०० बजे
    • स्थान: माइतीघर मण्डला
  • हाम्रो पार्टी नेपालद्वारा नाकाबन्दीको स्मरण कार्यक्रम:
    • विषय: २०७२ सालको नाकाबन्दीलाई ‘कालो दिन’ को रूपमा स्मरण
    • समय: दिउँसो ३:०० बजे
    • स्थान: माइतीघर मण्डला
  • Gen-Z द्वारा धर्ना कार्यक्रम:
    • माग: केपी शर्मा ओली, रमेश लेखक र प्रमुख जिल्ला अधिकारी (CDO) माथि कारबाही
    • समय: दिउँसो ३:०० बजे
    • स्थान: माइतीघर मण्डला

​पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रमहरू

  • Gen-Z र अभियन्ताहरूको पत्रकार सम्मेलन:
    • विषय: मिडिया ट्रायल, जेन्जी आन्दोलनका अनुभव र भविष्यका योजना
    • समय: बिहान १०:४५ बजे
    • स्थान: रिपोर्टर्स क्लब नेपाल, भृकुटी मण्डप
  • प्रथम नेपाली दृष्टिबिहीन सगरमाथा आरोहणबारे पत्रकार भेटघाट:
    • विषय: पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र दृष्टिबिहीन आरोहणसम्बन्धी जानकारी
    • समय: बिहान ११:३० बजे
    • स्थान: नेपाल पर्यटन बोर्डको सभाकक्ष, प्रदर्शनी मार्ग
  • विजया दशमीको शुभकामना आदान-प्रदान कार्यक्रम:
    • समय: दिउँसो १२:०० बजे
    • स्थान: पाटन औद्यौगिक क्षेत्र, लगनखेल
  • दुर्गा प्रसाईको पत्रकार सम्मेलन:
    • विषय: पछिल्लो राजनीतिक घटनाक्रम र भावी योजनाबारे धारणा सार्वजनिक
    • समय: दिउँसो १:३० बजे
    • स्थान: प्रसाई निवास, कमेरोटार, भक्तपुर

​अन्य कार्यक्रम

  • हर्क साम्पाङ काठमाडौं टिमको सरसफाइ कार्यक्रम:
    • विषय: सरसफाइ तथा रङरोगन
    • समय: बिहान १०:३० बजे
    • स्थान: कालिमाटी प्रहरी वृत्त, कालिमाटी