काठमाडौं आश्विन ६ गते, उपत्यकामा आज हुने केही कार्यक्रमहरु:
१. सरिश्मा थापाको धर्ना कार्यक्रम
कामपा १३, कालिमाटीमा बस्ने सरिश्मा थापाले सरकारका बैठकहरू महानगर प्रमुख बालेन शाहले जस्तै प्रत्यक्ष प्रसारण गर्न माग गर्दै धर्ना दिने हुनुभएको छ।
- स्थान: माइतीघर मण्डला
- समय: बिहान १०:०० बजे
२. जेन-जेड (Gen-Z) को धर्ना
जेन-जेड (Gen-Z) समूहले केपी शर्मा ओली, रमेश लेखक र प्रमुख जिल्ला अधिकारी (CDO) माथि कारबाहीको माग गर्दै हरेक दिन धर्ना दिने कार्यक्रम अन्तर्गत आज पनि धर्ना दिँदैछ।
- स्थान: माइतीघर मण्डला
- समय: दिउँसो ३:०० बजे
३. नेवाः देय् दबूको दीप प्रज्वलन
नेवाः देय् दबू केन्द्रीय समितिले भाद्र २३ र २४ गते जेन-जी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ।
- स्थान: मंगल बजार, याल, ललितपुर
- समय: बेलुका ५:०० बजे

प्रतिक्रिया