काठमाडौं आश्विन ५ गते उपत्यकामा हुने कार्यक्रमहरू
बिहान
- अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा नेपाल शान्ति महोत्सव-२०८२
- आयोजक: वर्ल्ड फोरम फर बुद्धिज्म र हःखा दाफा भजन खलः
- स्थान: पाटन दरबार स्क्वायर, ललितपुर
- समय: बिहान ०८:०० बजे
- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको पत्रकार भेटघाट
- विषय: मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम
- स्थान: निजि निवास, महाराजगन्ज
- समय: बिहान ०९:०० बजे
- सरिश्मा थापाको धर्ना कार्यक्रम
- माग: अन्तरिम सरकारको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने
- स्थान: माइतीघर मण्डला
- समय: बिहान १०:०० बजे
- Zen-Z-Y-X Nepal को घोषणा कार्यक्रम
- आयोजक: Zen-Z-Y-X Nepal
- स्थान: रिपोर्टस क्लब नेपाल, भृकुटीमण्डप
- समय: बिहान ११:०० बजे
दिउँसो
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अन्तरक्रिया कार्यक्रम
- विषय: वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न
- स्थान: इच्छुक प्रतिष्ठान, घट्टेकुली
- समय: दिउँसो १२:०० बजे
- प्रगतिशील लेखक सङ्घ, नेपालको विचार गोष्ठी
- विषय: वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरूको भूमिका र सहकार्य
- स्थान: नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी (लेखनाथ हल)
- समय: दिउँसो १२:०० बजे
- काव्य म्युजिक अवार्ड २०८२
- प्रस्तुतकर्ता: काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेस
- स्थान: नेपाल चलचित्र विकास बोर्ड, चावहिल
- समय: दिउँसो १२:३० बजे
- अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२ को काठमाडौ घोषणा सभा तथा पत्रकार सम्मेलन
- स्थान: रिपोर्टर्स क्लब, भृकुटीमण्डप
- समय: दिउँसो १:०० बजे
- संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अन्तरक्रिया कार्यक्रम
- विषय: “न्यायपालिका : अस्तित्व रक्षाको सवाल”
- अतिथिसरू: हरिकृष्ण कार्की (पूर्वप्रधान न्यायाधीश), सविता भण्डारी बराल (महान्यायाधिवक्ता), प्रा.डा. विजयप्रसाद मिश्र (अध्यक्ष, नेपाल बार), बिमल पौडेल (मुख्य रजिस्ट्रार, सर्वोच्च अदालत), शिव गाउँले (वरिष्ठ पत्रकार) र धर्मेन्द्र झा (अध्यक्ष, रासस/नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष)
- स्थान: रासस हल, भद्रकाली
- समय: दिउँसो २:०० बजे
- शल्यक्रिया N1 काठमाण्डौं, नेपालको सामूहिक बहस र मन्थन कार्यक्रम
- विषय: जेन जी, जेन X र जेन Y को समिश्रणबाट देशलाई समृद्ध बनाउने र NRNA ले सुशीला कार्कीको सरकारलाई सहयोग गर्ने विषयमा छलफल
- स्थान: आनन्द भूमि व्याडकेट, नयाँ बानेश्वर
- समय: दिउँसो ३:०० बजे
साँझ
- जगदिश्वर नरसिंह केसीको सचिवालयको दीप प्रज्वलन कार्यक्रम
- उद्देश्य: जेन जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्नुभएकाहरूको सम्झनामा
- स्थान: समाखुसि चोक
- समय: साँझ ६:०० बजे

प्रतिक्रिया