काठमाडौं आश्विन ४ गते (शनिबार, सेप्टेम्बर २०, २०२५), हुने कार्यक्रमहरू:

​बिहानका कार्यक्रमहरू

  • बिहान ८:०० बजे:रिपोर्टर्स क्लब नेपाल, भृकुटी मण्डप
    • ​जेन-जी आन्दोलनका शहीद र घाइतेहरूको सम्मानमा तथा देशमा शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रिय पदयात्राको आयोजनामा वरिष्ठ लेखकहरूद्वारा लेखन सृजना गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम हुनेछ।
  • बिहान १०:०० बजे:माइतीघर मण्डला
    • ​उदयपुर, हडिया गाउँपालिकाकी सरिश्मा थापाले अन्तरिम सरकारको बैठकलाई काठमाडौंका मेयर बालेन शाहले जस्तै प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्दै धर्ना बस्ने कार्यक्रम छ।
  • बिहान १०:०० बजे:भुतखेल चौर, टोखा
    • ​हर्क साम्पाङ काठमाडौं टिमले सरसफाई कार्यक्रम गर्नेछ।
  • बिहान १०:३० बजे:संवाद डबली, अनामनगर
    • ​जेन-जी नेपालले जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेहरूको अवस्थाबारे जानकारी दिन तथा आगामी कार्यक्रमहरू सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्नेछ।
  • बिहान ११:०० बजे:भृकुटीमण्डप
    • ​जेन-जीहरूको राष्ट्रिय एकता कायम राख्न र संगठन निर्माण गर्न भेला कार्यक्रम हुनेछ।
  • बिहान ११:०० बजे:सिद्धिचरण सभाहल, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
    • ​बास नेपालको आयोजनामा Public Speech Nepal को Grand Finale कार्यक्रम हुनेछ।
  • बिहान ११:०० बजे:स्वास्थ्य मन्त्रालय, माइतीघर मण्डला
    • ​सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल र डा. निकोलस भुसालको उपस्थितिमा जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरूको पुनर्निर्माण गर्ने कार्यक्रमको आयोजना गर्नेछ।

​दिउँसोका कार्यक्रमहरू

  • दिउँसो १२:०० बजे:संवाद डबली, अनामनगर
    • ​नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा ‘क्रान्तिकारी कम्युनिष्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम हुनेछ। कार्यक्रममा मोहन वैद्य ‘किरण’, लोकनारायण सुवेदी, धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल‘आहुती’ लगायतका नेताहरूको उपस्थिति रहनेछ।
  • दिउँसो १:०० बजे:माइतीघर मण्डला
    • ​राष्ट्रवादी राजनीतिक जनजागरण अभियान काठमाडौँले जेन-जी विद्यार्थी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका आफ्ना संस्थापक संयोजक स्व. पारुहाङ कुथुमी राईको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गर्नेछ।
  • दिउँसो १:०० बजे:नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमी (NBFA), रुद्रेश्वर चोक, बुढानिलकण्ठ
    • ​निबन्धकार तथा समाजसेवी टीकाराम ढकालद्वारा लिखित ‘कालीगण्डकी सभ्यता’ कृतिको लोकार्पण कार्यक्रम हुनेछ।
  • दिउँसो ४:०० बजे:श्रीराम मन्दिर, बत्तिसपुतली
    • ​नेपाल शाकाहारी संघले विजयादशमी र शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गर्नेछ। यसका साथै, अहिंसा महोत्सवको समीक्षा र हरेक वर्ष गरिने पशुबलि निषेध चेतना शोभायात्राका बारेमा छलफल गरिनेछ।

​साँझका कार्यक्रमहरू

  • साँझ ५:०० बजे:ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौं, पश्चिम क्षेत्रको कार्यालय, चमति, बनस्थली
    • ​ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौं, पश्चिम क्षेत्र परिवारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गर्नेछ।
  • साँझ ५:०० बजे:माइतीघर, मण्डला
    • ​सुसेला संङ्गीत समूहले जेन-जी विद्रोहका शहीदहरूको सम्मानमा संक्षिप्त साङ्गीतिक स्मृति सभा कार्यक्रम गर्नेछ।
  • साँझ ६:०० बजे:तारकेश्वर नगरपालिका वडा नं. ८ को घण्टीघरको कार्यालय, लामाबगर
    • ​राष्ट्रिय स्वतन्त्र पार्टी, तारकेश्वर नगर समितिले भदौ २३ र २४ गतेको शान्तिपूर्ण प्रदर्शनका क्रममा दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै शोक सभा तथा दीप प्रज्वलन गर्नेछ।