काठमाडौं आश्विन ३ गते, उपत्यकामा हुने विभिन्न कार्यक्रमहरू।
प्रमुख राजनीतिक दलका कार्यक्रमहरू
- नेकपा (एमाले):
- संविधान दिवसको अवसरमा बिहान ७:३० बजे नेपाल कमर्स क्याम्पसबाट र्याली सुरु भई च्यासलमा भेला हुने।
- भक्तपुरको सूर्यविनायकबाट पनि बिहान ७:३० बजे र्याली सुरु भई च्यासल जाने।
- पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बिहान ८:०० बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम हुने।
- राष्ट्रिय युवा संघले बिहान ७:३० बजे सामाखुसी चोकबाट च्यासलसम्म मोटरसाइकल र्याली गर्ने।
- अनेरास्ववियु केन्द्रीय कमिटीले दिउँसो ३:०० बजे बाल्मिकी क्याम्पसमा ‘अबको हाम्रो बाटो’ विषयक छलफल कार्यक्रम गर्ने।
- नेपाली कांग्रेस:
- दिउँसो ५:३० बजे काठमाडौं क्षेत्र नम्बर ६ को गोगंबु चोकमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गर्ने।
- ललितपुर जिल्ला कार्यसमितिको बैठक बिहान १०:३० बजे नखिपोटस्थित जिल्ला कार्यालयमा बस्ने।
- नेकपा (माओवादी केन्द्र):
- बिहान ८:०० बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा संविधान दिवसको कार्यक्रम हुने।
- लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल:
- संविधान संशोधन नभएको विरोधमा देशभर कालो पट्टी लगाएर कालो दिवस मनाउने।
विभिन्न संघसंस्था तथा समूहका कार्यक्रमहरू
- संविधान दिवस मूल समारोह समिति:
- राष्ट्रपति र प्रधानमन्त्री लगायतको उपस्थितिमा बिहान ७:३० बजे सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह हुने।
- रिटर्नी फेडेरेसन नेपाल:
- बिहान ७:३० बजे नेकपा (एमाले) पार्टी कार्यालय, च्यासलमा रक्तदान कार्यक्रम आयोजना गर्ने।
- शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड):
- बिहान ७:३० बजे माइतीघर मण्डलाबाट शहीद गेटसम्म भ्रष्टाचारविरोधी र्याली निकाल्ने।
- आन्दोलन तथा विरोधका कार्यक्रमहरू:
- संयुक्त पहिचानवादी मोर्चाले दिउँसो ११:०० बजे थसिखेल, ललितपुरमा असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने।
- सरिश्मा थापाले बिहान १०:०० बजे माइतीघर मण्डलामा अन्तरिम सरकारको बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्दै धर्ना बस्ने।
- माइतीघर मण्डलामा बिहान ११:०० बजे ‘जेन जेड क्रान्तिको प्रतिज्ञा’ प्रदर्शन हुने।
- दिउँसो ३:०० बजे माइतीघर मण्डलामा राजावादी समूहले संविधान खारेजीको माग गर्दै प्रदर्शन गर्ने।
- दिउँसो २:०० बजे रत्नपार्कमा राष्ट्रवादी नागरिक समाजले राजा पुनर्वहालीको माग राखेर प्रदर्शन गर्ने।
- नेकपा (बहुमत), मंगोल नेशनल अर्गनाइजेशन र राष्ट्रिय मुक्ति पार्टीले पनि देशभर संविधानको विरोधमा प्रदर्शन गर्ने।
- छलफल तथा अन्तरक्रिया:
- बी पी चिन्तन प्रतिष्ठानले दिउँसो १२:१५ बजे त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रम गर्ने।
- CGNI NEPAL ले दिउँसो ३:०० बजे नयाँवानेश्वरमा ‘जेन-जी आन्दोलनः औचित्य र निकास’ विषयमा अन्तरक्रिया गर्ने।
- दिउँसो २:०० बजे नेपाल आदिवासी जनजाति महासंघको कार्यालयमा आदिवासी आन्दोलनको भावी कार्यनीतिबारे संयुक्त बैठक बस्ने।
- दिउँसो १:०० बजे महाराजगञ्जस्थित कार्यालयमा सहकारी पीडितहरुको बैठक बस्ने।
- श्रद्धाञ्जली तथा दिप प्रज्वलन:
- बौद्धनाथ क्षेत्र विकास समितिले दिउँसो १२:०० बजे बौद्ध महाचैत्य परिसरमा श्रद्धाञ्जली कार्यक्रम गर्ने।
- दिउँसो ५:०० बजे नेपाल लोकतान्त्रिक खेलकुद संघले नागपोखरीमा र नेपाल बार एसोसिएसनले भक्तपुर जिल्ला अदालत परिसरमा दिप प्रज्वलन गर्ने।
- राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दिउँसो ३:३० बजे शीतल निवासमा पनि संविधान दिवसको कार्यक्रम हुने।

प्रतिक्रिया