काठमाडौं आश्विन २ गते उपत्यकामा हुने कार्यक्रमहरू:

  • माननीय मन्त्रीको सम्बोधन
    • ​माननीय गृह, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा बिहान ९:३० बजे निर्देशन सम्बोधन गर्नुहुनेछ।
  • अन्तरिम सरकारको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गर्दै धर्ना
    • ​सरिश्मा थापाले हालको अन्तरिम सरकारको बैठक काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जस्तै प्रत्यक्ष लाइभ प्रसारण गर्नुपर्ने मागसहित माइतीघर मण्डलामा बिहान १०:०० बजे धर्ना बस्नुहुनेछ।
  • नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको बैठक
    • ​नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको विस्तारित बैठक सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा दिउँसो १:०० बजे बस्नेछ।