काठमाडौं आश्विन १ गते उपत्यकामा हुने कार्यक्रमहरु:
रक्तदान कार्यक्रमहरू
- जेन्जी आन्दोलनका घाइतेहरूका लागि रक्तदान: चिया संगीत शंखमुल, गणेशमार्गमा बिहान ९:०० बजेदेखि।
- फास्टफुड एसोसिएसन नेपालको रक्तदान कार्यक्रम: नेपाल रेडक्रस सोसाइटी, प्रदर्शनीमार्गमा बिहान १०:०० बजेदेखि।
धर्ना तथा विरोध प्रदर्शन
- अन्तरिम सरकारको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गर्दै धर्ना: कालिमाटी बस्ने सरिश्मा थापाले माइतीघर मण्डलामा बिहान १०:०० बजेदेखि धर्ना दिने कार्यक्रम छ।
- कल्किजम रिसर्च सेण्टरको विरोध कार्यक्रम: बालेन र कार्कीको मनोमानी विरुद्ध जेन वाईको सरकार बनाउने अभियान घोषणा गरिनेछ। यसका साथै पत्रकार, कलेज शिक्षक, विद्यार्थी र ट्याक्सी चालकहरूका लागि २०० करोडको अक्षय कोष स्थापनाको घोषणा पनि गरिनेछ। यो कार्यक्रम अल्फा हाउस, नयाँ बानेश्वरमा दिउँसो २:०० बजे हुनेछ।
सरसफाइ कार्यक्रम
- हाम्रो टिम र हर्क सम्पाङ ए रेभुलेसन टिमको सरसफाइ कार्यक्रम: कालीमाटी प्रहरी वृत्तमा बिहान १०:०० बजेदेखि।
श्रद्धाञ्जली तथा शोक सभा
- जेन-जी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय शोक दिवस: माइतीघर मण्डलामा दिउँसो ४:०० बजे मौन सभा तथा दीप प्रज्वलन गरिनेछ।
- शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण: शंखधर चोक, मध्यपुर थिमी, भक्तपुरमा साँझ ५:०० बजे “दीप प्रज्वलन कार्यक्रम” गरिनेछ।

प्रतिक्रिया