काठमाण्डाै भाद्र ३१ गते का लागि उपत्यकामा तय भएका प्रमुख कार्यक्रमहरू ।

भ्रष्टाचार र सुशासनसम्बन्धी कार्यक्रमहरू

  • भ्रष्टाचार विरोधी प्रदर्शन र श्रद्धाञ्जली कार्यक्रम:
    • ​भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा निधन भएका विजय चौधरीको अन्तिम बिदाई र न्यायका लागि प्रदर्शन।
      • स्थान: शिक्षण अस्पताल, महाराजगञ्ज
      • समय: बिहान ०६:३० बजे
  • नीतिगत भ्रष्टाचार र अन्याय विरुद्ध प्रदर्शन:
    • ​भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जग्गा एकीकरण आयोजनाका पीडितहरूले नगर प्रमुखको आधिकारिक धारणा माग गर्दै प्रदर्शन गर्ने।
      • स्थान: भक्तपुर नगरपालिका प्राङ्गण, ब्यासी
      • समय: बिहान १०:०० बजे
  • सरकारको बैठक लाइभ प्रसारणको माग:
    • ​अन्तरिम सरकारको बैठक काठमाडौँ महानगरको जस्तै प्रत्यक्ष प्रसारण गर्नुपर्ने मागसहित सरिश्मा थापा धर्ना बस्ने।
      • स्थान: माइतीघर मण्डला
      • समय: बिहान १०:०० बजे

Gen-Z आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरू

  • रक्तदान कार्यक्रम:
    • एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालले Gen-Z प्रदर्शनका घाइतेहरूलाई सहयोग गर्न रक्तदान गर्ने।
      • स्थान: गौशाला प्रहरी वृत्तको गेट अगाडि
      • समय: बिहान ०८:०० बजे
    • अखिल (छैठौं) ले Gen-Z आन्दोलनमा ज्यान गुमाउने विद्यार्थीहरूको सम्झनामा रक्तदान गर्ने।
      • स्थान: रेडक्रस भवन, प्रदर्शनीमार्ग
      • समय: बिहान ११:०० बजे
  • शवयात्रा तथा अन्तिम संस्कार:
    • ​Gen-Z आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको शिक्षण अस्पतालबाट शवयात्रासहित पशुपतिनाथमा अन्तिम संस्कार गर्ने।
      • स्थान: शिक्षण अस्पतालबाट पशुपतिसम्म
      • समय: बिहान ०९:०० बजे
  • दीप प्रज्वलन कार्यक्रम:
    • Gen-Z ललितपुरले Gen-Z आन्दोलनका सहिदहरूको आत्माको शान्तिको लागि दीप प्रज्वलन गर्ने।
      • स्थान: ललित मण्डप, जावलाखेल, ललितपुर
      • समय: साँझ १८:०० बजे

अन्य महत्त्वपूर्ण कार्यक्रमहरू

  • सहकारी पीडितको र्‍याली:
    • सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले अन्तरिम सरकारमा सहकारी मन्त्रालयको दाबी गर्दै र्‍याली गर्ने।
      • स्थान: माइतीघर मण्डलाबाट प्रधानमन्त्री कार्यालयसम्म
      • समय: बिहान ११:३० बजे
  • सरसफाई कार्यक्रम:
    • नेकपा (एमाले) का युवाहरूले सरसफाई कार्यक्रम गर्ने।
      • स्थान: पार्टी कार्यालय, च्यासल
      • समय: दिउँसो १५:०० बजे
  • श्रमदान अभियान:
    • राष्ट्र पुनर्निर्माण महाअभियानले उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा श्रमदान अभियान सुरु गर्ने।
      • स्थान: सिंहदरबार
      • समय: खुल्न बाँकी