काठमाडौं भाद्र २९ गते, उपत्यकामा हुने कार्यक्रमहरुको विवरण ।
बिहानको कार्यक्रमहरु
- शान्ति सुरक्षासम्बन्धी छलफल: बिहान ७:३० बजे, भक्तपुर नगरपालिका-१३, चुनिखेलस्थित वडा प्रांगणमा शान्ति सुरक्षाका लागि विभिन्न सामाजिक व्यक्तित्व, Gen-Z, क्लब प्रतिनिधि, राजनीतिक प्रतिनिधि, आमा समूह र महिला समूहको उपस्थितिमा छलफल कार्यक्रम हुनेछ।
- कोटेश्वर ट्राफिक प्रहरीलाई स्वागत: बिहान ८:३० बजे, कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा प्रहरीहरूको लागि आवश्यक व्यवस्था मिलाई काम पुनः सुचारु गर्ने वातावरण निर्माणका साथै स्वागत कार्यक्रम गरिनेछ।
दिउँसोको कार्यक्रमहरु
- पत्रकार सम्मेलन: दिउँसो १२:०० बजे, माइतीघर मण्डलामा दलितका लागि दलित अभियान, नेपालले नवगठित सरकारबारे दलित समुदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्नेछ।
- प्रदर्शन कार्यक्रम: दिउँसो १:०० बजे, महाराजगञ्ज बाँसबारीबाट बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयको गेटसम्म सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले प्रदर्शन गर्नेछ। यो प्रदर्शन जेन-जी आन्दोलनका सहिदहरूको सम्मान र उनीहरूको व्यवस्थापनको लागि विभिन्न माग राखेर गरिनेछ।
साँझको कार्यक्रमहरु
- दिप प्रज्वलन: साँझ ५:३० बजे, ७७ वटै जिल्लाका स्थानीय पालिका, वडा र टोल-टोलमा Gen-Z सहिदको सम्मानमा दिप प्रज्वलन कार्यक्रम हुनेछ।
अन्य कार्यक्रम
- अन्तर्क्रिया कार्यक्रम: विभिन्न कम्युनिष्ट पार्टीहरूले अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नेछन्। यसमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, अखिल नेपाल कम्युनिष्ट पार्टी, समाजवादी कम्युनिष्ट पार्टी, श्रमिक जनता पार्टी नेपाल, ग्रेटर नेपाल कम्युनिष्ट पार्टी, नेकपा (विद्रोही), नेकपा (क्रान्तिकारी) र रेडफोर्स नेपाल सहभागी हुनेछन्। यस कार्यक्रमको स्थान र समय खुलाईएको छैन।

प्रतिक्रिया