काठमाडौं भाद्र २८ गते, उपत्यकामा आज हुने कार्यक्रमहरूको जानकारी:
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र अन्य समूहहरूको विरोध प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, अखिल नेपाल कम्युनिष्ट पार्टी, समाजवादी कम्युनिष्ट पार्टी, श्रमिक जनता पार्टी नेपाल, ग्रेटर नेपाल कम्युनिष्ट पार्टी, नेकपा (विद्रोही), नेकपा (क्रान्तिकारी) र रेडफोर्स नेपालले आज देशभर विरोध प्रदर्शन गर्ने भएका छन्। प्रदर्शनको समय भने खुलाइएको छैन।
श्रद्धाञ्जली र दीप प्रज्वलन कार्यक्रम
नेकपा बहुमत ले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा माइतीघर मण्डला मा दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दैछ।
- स्थान: माइतीघर मण्डला
- समय: बिहान ०८:०० बजे
रक्तदान कार्यक्रम
अनेरास्ववियु केन्द्रीय कमिटी ले जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका र घाइते भएकाहरूको सहयोगका लागि रक्तदान कार्यक्रम गर्दैछ।
समय: बिहान ०८:०० बजे
स्थान: आर.आर. क्याम्पस, प्रदर्शनीमार्ग

प्रतिक्रिया