काठमाडौं भाद्र २४ गते हुने विभिन्न कार्यक्रमहरूको सूची:

प्रदर्शन तथा विरोध कार्यक्रमहरू

  • बिहान ७:०० बजे: चापागाउँका युवाहरूले सरकारको दमन र भ्रष्टाचारविरुद्ध चापागाउँ ट्याक्सी पार्कमा प्रदर्शन गर्नेछन्।
  • बिहान ८:०० बजे: झरुवराशीका युवाहरूले सरकारको तानाशाही निर्णय र भ्रष्टाचारविरुद्ध विरोध कार्यक्रम गर्नेछन्। यो कार्यक्रम झरुवराशी, पुरानो गाबिस चौर, ललितपुरमा हुनेछ।
  • बिहान ९:०० बजे:
    • ​त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनले सरकारको दमनविरुद्ध प्रदर्शन गर्नेछ।
    • ​त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघरमा स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीमाथि भएको दमन र भ्रष्टाचारविरुद्ध विरोध गर्नेछ।
    • ​माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गर्नेछ।
  • बिहान ९:३० बजे: रास्वपाका कृष्णबहादुर तामाङसहितले बुढानिलकण्ठ नगरपालिका कार्यालय घेराउ गर्नेछन्।
  • बिहान १०:०० बजे:
    • ​माइतीघर मण्डला र देशका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा स्वतन्त्र युवा समूह (जेन जी र जेन वाई) ले भ्रष्टाचार र हालैका घटनाहरूको विरोधमा कार्यक्रम गर्नेछन्।
    • ​नेपाल बार एसोसिएसनले आफ्नै प्रांगणमा शान्तिको कामना र न्यायको लागि एक घण्टा विरोध प्रदर्शन गर्नेछ।
  • बिहान १०:४५ बजे: प्याब्सन, नेशनल प्याब्सन, हिसान लगायतका निजी विद्यालय सञ्चालकहरूको संगठनले प्रदर्शन मार्ग, भृकुटी मण्डपमा सङ्घीय शिक्षा ऐनमा निजी विद्यालयलाई असर पार्ने नीतिको विरोधमा खबरदारी सभा गर्नेछन्।
  • दिउँसो ५:०० बजे: नेकपा (माओवादी केन्द्र) ले प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिहरूलाई सहिद घोषणा गर्न देशभरका सबै स्थानीय तहमा श्रद्धाञ्जली सभा आयोजना गर्नेछ।
  • साँझ ६:०० बजे: टोखाका युवाहरूले टोखा गणेशस्थानमा भ्रष्टाचार, विशेषाधिकार र अन्यायविरुद्ध शान्तिपूर्ण विरोध गर्नेछन्।

रक्तदान तथा अन्य कार्यक्रमहरू

दिउँसो १:०० बजे: सिंहदरबारस्थित समितिको सभाकक्षमा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ।

बिहान ८:०० बजे: जेनरेशन जी को प्रदर्शनमा घाइते भएकालाई सहयोग गर्न पुरानो बानेश्वरको पोज फेसनमा रक्तदान कार्यक्रम हुनेछ।

दिउँसो १:०० बजे: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनका घाइतेहरूलाई रगतको अभाव हुन नदिन बनस्थलीस्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गर्नेछ।

दिउँसो १:०० बजे: रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ।

दिउँसो १२:३० बजे: नेपाली कांग्रेस (बी.पी.) ले सामाखुसीस्थित केन्द्रीय कार्यालयमा १११ औं बीपी जयन्तीको अवसरमा ‘राष्ट्रिय एकता आजको आवश्यकता’ विषयमा विचार-विमर्श कार्यक्रम गर्नेछ।

बिहान ११:०० बजे:

​युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पूर्ण बैठक महाराजगञ्जस्थित अरिकल इभेन्ट्समा बस्नेछ।

​सिंहदरबारस्थित समितिको सभाकक्षमा अर्थ समितिको बैठक बस्नेछ।