नटिङ्ह्याम, बिस्टन । सेप्टेम्बर ८, २०२५ – आज नटिङ्ह्याम, बिस्टनमा नेपालको चरम भ्रष्टाचारविरुद्ध लड्दै बलिदान दिएका वीर र ऊर्जावान युवाहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा करिब २५ जना नेपाली समुदायका सदस्यहरू भेला भई दिप प्रज्वलन, मौनधारण र श्रद्धाञ्जली मार्फत निर्दोष सहिदहरुको स्मरण गरिएको कार्यक्रम आयोजक रिया पाठकले जानकारी दिनुभयो।

विदेशमा बसोबास गरे पनि, नेपाली डायस्पोराले यस दुःखद क्षणमा आफ्नो मुटु सधैं नेपालमै रहेको अनुभव गराएको छ। यो सानो तर गहिरो भावनात्मक प्रयास मार्फत पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै, न्याय, लोकतन्त्र र जवाफदेहिताको लागि नेपाली जनताको संघर्षसँग ऐक्यबद्धता प्रकट गरिएको बताउनु भयो ।