काठमाडौं भाद्र २३ गते, उपत्यकामा हुने कार्यक्रमहरूको विवरण यस प्रकार छ:

​बिहानको समय (०७:०० बजे देखि १०:५९ बजे सम्म)

  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेश सम्पर्क कमिटी र आठै जिल्ला सम्पर्क मञ्च: सम्पर्क मञ्च र भूगोल पार्टी बिच अन्तर सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रम।
    • स्थान: तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुर
    • समय: ०७:०० बजे
  • विश्व फिजियोथेरापी दिवसको र्‍याली: वीर अस्पतालको अगाडिबाट र्‍याली सुरु हुनेछ।
    • स्थान: वीर अस्पताल अगाडी
    • समय: ०७:३० बजे
  • स्वतन्त्र नेपाली युवाहरु (जेन जी समूह): भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको कार्यक्रम।
    • स्थान: माइतीघर मण्डला
    • समय: ०८:०० बजे देखि
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक:
    • स्थान: समितिको सभाकक्ष, सिंहदरबार
    • समय: ०९:०० बजे

​मध्यान्हको समय (११:०० बजे देखि १४:०० बजे सम्म)

  • युवा संघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक:
    • स्थान: अरिकल इभेन्ट्स, महाराजगञ्ज
    • समय: ११:०० बजे
  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठक:
    • स्थान: समितिको सभाकक्ष, सिंहदरबार
    • समय: ११:०० बजे
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक:
    • स्थान: समितिको सभाकक्ष, सिंहदरबार
    • समय: ११:३० बजे
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक:
    • स्थान: समितिको सभाकक्ष, सिंहदरबार
    • समय: १२:३० बजे
  • अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२: धार्मिक सहिष्णुता, सद्‌भाव र प्रेमभावलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम।
    • स्थान: राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग
    • समय: १३:०० बजे
  • संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक:
    • स्थान: संघीय संसद भवन, नयाँ बानेश्वर
    • समय: १३:१५ बजे

​समय र स्थान नखुलेका कार्यक्रमहरू

  • प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए: सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने नीतिका विरुद्ध देशभरिका सबै निजी विद्यालयका सञ्चालकलाई काठमाडौँ केन्द्रित गर्ने।
  • संयुक्त विद्यार्थी संगठन: प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापनपत्र पेस गर्ने। (यो कार्यक्रम ७७ वटै जिल्ला प्रशासन कार्यालयमा हुनेछ)।